एसइईको मूल्याङ्कन कार्यविधि तयार, त्रैमासिक र अन्तिम परीक्षाका आधारमा अङ्क निर्धारण
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुङ्गो लगाएको छ । कक्षा १० को एसइईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन गर्ने आधार निधो भएको हो ।
योसँगै अब विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको...