सरकारले जापानले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने
गोरखापत्र अनलाइन ,
असार १८, २०७७ बिहीबार
सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले करिब रु ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।