कक्षा १० का विद्यार्थी मूल्याङ्कन गर्ने विषयमा शिक्षकहरु अलमलमा
गोरखापत्र अनलाइन ,
असार १५, २०७७ सोमबार
आफ्ना कक्षा १० का विद्यार्थीको मूल्याङ्कन गर्ने विषयमा यतिबेला धेरै शिक्षकहरु अलमलमा छन् । कोभिड–१९ का कारण शिक्षकले विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न पाउने व्यवस्था माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिले गरिदिएको छ । कार्यविधिले यही असार २० गतेभित्र विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले असार २० गतेभित्र राष्ट्रिय...