छोएन बन्दाबन्दीले लिमीका विद्यालयलाई, पठनपाठन नियमित
गोरखापत्र अनलाइन ,
बैशाख १८, २०७७ बिहीबार
हुम्लाको नाम्खा गाउँपालिकाका दुईवटा विद्यालयमा बन्दाबन्दीका बेला पनि पठनपाठन बन्द भएन । हिउँदमा पनि पढाइ हुने नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालपारिको गाउँ लिमीको हल्जी र जाङ गाउँका ती विद्यालय अहिले पनि सञ्चालन भइरहेका छन् ।
सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले गत फागुनबाटै कक्षा सञ्चालन भइरहेको बताउँदै अहिले पनि विद्यालयमा पढाइ निकै जोडतोडका साथ चलिरहेको बताउनुभयो । विद्यालयमा तिब्बतीय...