नैतिक शिक्षाको खाँचो : प्रदेश प्रमुख शेरचन
रासस
फाल्गुन ११, २०७६ आईतवार
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले मुलुकलाई नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । पोखरा–१३ लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले विकसित घटनाक्रमले नैतिक शिक्षाको आवश्यकता रहेको छ भन्नुभयो ।