बिहान गुरुकूल, दिउँसो विद्यालय
रासस
माघ १९, २०७६ आईतवार
घोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । बिहानको समय उहाँ गुरुकूलमा बिताउनुहुन्छ । विद्यालयमा नेपाली, अङ्ग्रेजी, गणित सिक्ने उहाँ गुरुकूलमा भने वेद, गीताका श्लोक पढ्नुहुन्छ । संस्कृत भाषा सिक्नुहुन्छ ।