एउटा त्यस्तो विद्यालय जहाँ शिक्षक छन्, विद्यार्थी छैनन्
रासस
फाल्गुन ३, २०७७ सोमबार
बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ ।
सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने...