शिक्षकलाई खोप लगाउने तयारी
रासस
माघ २७, २०७७ मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।
यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड...