logo
२०८१ जेष्ठ ६ आईतवार



नौमती बाजा प्रतियोगितामा  सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम   

मनोरञ्जन |




पाल्पा, भदौ ७ गते । स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ । प्रथम हुने समूहले रु ५० हजारको पुरस्कार प्राप्त गरेको छ ।    
    
तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । दोसो हुने समूहले रु २० हजार पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी तेसो हुने तानसेन नगरपालिका–११ स्थित चण्डीका टोल विकास संस्थाले रु १० हजार पुरस्कार जित्न सफल बनेको छ । सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार वितरण गर्नुभयो ।    
    
तानसेन नगरपालिकाका प्रमुख शाहीले प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुगेको बताउनुभयो । उहाँले नेपालीको स्वाभिमान र वीरताको गाथासँग जोडिएको ऐतिहासिक भगवती जात्राको पहिलो दिन प्रतियोगिताले थप उत्साह ल्याएको बताउनुभयो ।    

विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने चलन रहेको छ । टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।    
प्रतियोगितामा पाल्पाका १० नौमती बाजा समूह सहभागी थिए । दलित समुदायको परम्परागत पेशाका रुपमा स्थापित बाजा बजाउने पेशा अहिले मगर समुदायबाट पनि संरक्षण हुँदै आएको छ ।  रासस  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?