logo
२०८१ जेष्ठ १ मंगलवार



युट्युबमा नक्कली चलचित्र

मनोरञ्जन |


युट्युबमा नक्कली चलचित्र



यलु जोशी

काठमाडौँ, भदौ १० गते । ‘डिजिटल प्लेटफर्म’ मध्येका युट्युबमा पछिल्लो समय एउटा नाम राखेर अर्को चलचित्र अपलोड गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको छ । युट्युब एकाउन्टमा नक्कली च्यानल बनाएर सम्बन्धित ब्यानरको लोगो र पोस्टर प्रयोग गरी चलचित्र अपलोड गर्ने गरेको पाइएको छ ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले युट्युबमा चलचित्र राख्न पाउने वा नपाउने बोर्डको ऐनमा नभएका कारण समस्या भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “चलचित्र वा चलचित्रजन्य सामग्री (पोस्टर, गीत, टे«लर) हरूको युट्युबमा राख्न वा विद्युतीय कारोबार गर्न चलचित्र विकास बोर्डसँग स्वीकृति लिनुपर्ने नियमका लागि मन्त्रालयमा पेस गरिसकेका छाँै”, उहाँले थप्नुभयो, “अब केही महिनामा यो नियम आएपछि हामीले कुनै कारबाहीमा गर्न सकिन्छ । ”
नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ गत वर्षको फागुनमा प्रदर्शन भएको थियो तर क्याप्टेन पूरा चलचित्र भन्दै आदित्य टिभी नामक युट्युब च्यानलमा अर्कै चलचित्र अपलोड गरिएको छ । निर्माता भुवन केसीले भन्नुभयो, “यसरी गलत चलचित्रले दर्शक निशास हुने तथा युट्युबमा आइहाल्छ भनेर सिनेमा घरमा चलचित्र हेर्न नआउने समस्या उत्पन्न हुन्छ । ”
उहाँले, ‘क्याप्टेन’को प्रचार सामग्री ओएसआर डिजिटललाई दिएको बताउँदै आदित्य टिभीको सुरुआतमा नै बुढा सुब्बा डिजिटलको आइडी अपालोड गरिएको थियो । फिल्म र गीतका लागि विश्वसनीय युट्युब च्यानल बुढा सुब्बा डिजिटलको आइडी बज्दा फिल्म साँच्चै नै हो कि भन्ने भान हुन्छ तर चलचित्र युट्युबमा नभएको केसीले प्रस्ट पार्नुभयो ।
नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ आधिकारिक रूपमा युट्युबमा आएको छैन तर फिल्मका कलाकारको नाम राखेर पूरा फिल्म भन्दै युट्युबमा अर्कै चलचित्र भेटिन्छन् । दर्शकलाई झुक्याउने गरी प्रेमगीत ३ नेपाली मुभी २०१९ प्रदीप खड्का राखेर अपलोड गरिएको छ, जसको भिडियो वर्णनमा प्रेमगीत ३ का अधिकांश निर्माण टिमको नाम उल्लेख गरिएको छ । त्यस्तै अर्को फिल्म ‘ए मेरो हजुर ३’को पोस्टर र निर्माण समूहको नाम राखेर भिडियो अपलोड गरिएको छ । जेठ ३ प्रदर्शन भई ५१औँ दिन मनाउन सफल फिल्म ‘जात्रै जात्रा’ तत्कालै युट्युबमा नआउने निर्माण युनिटले जनाएको छ तर जात्रै जात्रा फुल मुभी भन्दै सुरज अफिसियल नामक युट्युब च्यानलबाट जात्रै जात्राका कलाकारहरूको नाम उल्लेख गर्दै अर्कै फिल्म अपलोड भएको छ ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी युट्युबमा राख्ने परिपाटी नै बन्द गर्नुपर्ने बताउनुहुन्छ । निःशुल्कजस्तै चलचित्र उपलब्ध गराउँदा यसले फिल्म निर्माणको महŒव नै कम हुन सक्ने उहाँको भनाइ छ ।
एक फिल्मको नाममा अर्को फिल्म अपलोड गर्ने परिपाटीले नेपाली फिल्म हेर्ने विदेशका दर्शक पनि भड्किने निर्माता माधव वाग्ले बताउनुहुन्छ, “यसले वास्तविक फिल्म युट्युबमा आउँदा दर्शकले विश्वास नै गर्दैनन् । फिल्म बजारलाई हुने घाटा त छँदै छ, फिल्मप्रतिको विश्वास पनि घट्छ । ”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?