logo
२०८१ जेष्ठ १ मंगलवार



चलचित्र छायाङ्कन सम्भाव्य स्थलको विवरण सार्वजनिक रुपमा माग

मनोरञ्जन |


चलचित्र छायाङ्कन सम्भाव्य स्थलको विवरण सार्वजनिक रुपमा माग
चलचित्र छायाङ्कन सम्भाव्य रहेकाे सिन्धुली जिल्लाको रमणीय फिक्कल । फोटो साैजन्य – गणेश भण्डारी


काठमाडौँ, भदौ १० गते । चलचित्र विकास बोर्डले चलचित्र पर्यटनलाई ध्यानमा राख्दै चलचित्र छायाङ्कनका लागि सम्भाव्य स्थलको विवरण सार्वजनिक रुपमा माग गरेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा ‘छायाङ्कनका लागि नेपाल कार्यक्रम’ राखेको छ ।

पर्यटन विकास बोर्डसँगको सहकार्यमा चलचित्र छायाङ्कनस्थलको विस्तृत विवरण खुल्ने फोटोसहितको लोकेशन गाइड बुक प्रकाशन गर्ने योजना चलचित्र विकास बोर्डको छ ।

बोर्डद्वारा विज्ञप्तिअनुसार, सार्वजनिक रुपमा आह्वान गरिएका रमणीय स्थलको फोटो तथा भिडियोबाट पर्यटकीय एवं चलचित्र छायाङ्कनस्थलहरुको प्रवद्र्धनात्मक श्रव्यदृश्य सामग्री निर्माण गरिने छ ।

यसरी पठाइने फोटो तथा भिडियो सामग्री भदौ ३१ गतेसम्ममा बोर्डको साइट भिजिट गरी अनलाइन मार्फत् अपलोड गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

फोटो तथा भिडियो सामग्रीपठाउँदा हिमाल, पहाड, तराई, ताल, नदी, झरना, वन जंगल, वन्यजन्तु, चरा चुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विक स्थल, मठ मन्दिर, गाउँ परिवेश, कला सँस्कृति, भेषभूषा, रहनसहनलगायतका आकर्षक तथा पर्यटकीय महत्वका फोटो एवं

भिडियोहरु पठाउन सकिने जनाइएको छ । यस्त फोटो तथा भिडियो सबै खालका क्यामेरा र स्मार्ट फोनबाट खिचेर पठाउन सकिने छ ।

छनौटमा परेका फोटो र भिडियोलाई चलचित्र विकास बोर्डबाट तोकिए बमोजिम पारिश्रमिक समेत उपलब्ध गराईने बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?