logo
२०८१ जेष्ठ १ मंगलवार



दशैंसँगै शुरुभयो तराईमा झिझिया नृत्य शुरु

मनोरञ्जन |


दशैंसँगै शुरुभयो तराईमा झिझिया नृत्य शुरु




नगेन्द्रकुमार कर्ण
जलेश्वर, असोज १० गते । दशैंको आगमनसंगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा ताँन्त्रिक नृत्य झिझिया हो । बिशुद्ध ताँत्रिक बिधिमा आधारित झिझिया नृत्यले गर्दा दशैं अवधिमा मथिलाञ्चल नै लय र तालको मधुर नृत्यमा झुमेको हुन्छ । राति महिलाहरूले सुरिलो भाकामा गाउने दोहरी गीतको माधुर्यले त झन मिथिलाञ्चल सुरम्य बन्ने गर्दछ ।
“चलचल गे डैनिया कदम तर तोरा बेटाके खैबौ बढमतर”........यस्तै गीतहरू दोहोरी शैलीमा गाउने र झिझिया नृत्य गर्ने प्रचलन रहेको छ ।
ग्रीष्मको बिदाई र शीतको आगमन सँगै नवरात्रा भरि गाईने गीत र झिझिया नृत्यले दशैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाई दिने गर्दछ । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा दलित महिलाहरुको बढी सहभागिता हुने गर्दछ । उनीहरु घटस्थापना भन्दा अगाडि नै माटोको घैंटो ल्याई सो मा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भए पछि ५ देखि २५ जनाको समुहमा रही सो घैंटोहरुमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गरेको मटिहानीमा रहेको याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठका पूर्व प्राचार्य ताराकान्त झाले बताउनुभयो ।
उहाँले मिथिलाञ्चलमा व्याप्त बोक्सी प्रति तिखो व्यङ्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाले बत्ती बालेको घैंटो टाउकोमा राखी नाच्दै, गीत गाउंँदै गाउँ घर परिक्रमा गर्ने गरेको बताउनुहुँदै प्राचार्य झाले भन्नुभयो, ‘घर घर जाँदा सो घरमा कुनै जादु टोना नहोस र सुख, समृद्धि बढोस् भन्ने भित्री कामना र उद्देश्य हुन्छ ।’

  • तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो, ब्रम्हबाबा झिझिया पर होइयो ना सबार” गीत गाउँदै र नृत्य गर्दै महिलाहरू छमछमि नाचि रहेको दृश्य हेर्दा सबैलाई एकछिन स्तव्ध तुल्याइ दिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको अनिष्ट हुने जनविश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाच्ने गर्छन्

प्रकाश ज्ञानको प्रतिक हो । माटाको घैटामा रहेको प्वालबाट देखिने प्रकाशले सबैको कल्याणको उद्देश्य बोकेको बताउनुहुदै पूर्व प्राचार्य झाले भन्नुभयो, सुख समृद्धि र खराव चरित्रबाट बच्न नै झिझिया नृत्यको मुल उद्देश्य हो ।’
“तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो, ब्रम्हबाबा झिझिया पर होइयो ना सबार” गीत गाउँदै र नृत्य गर्दै महिलाहरू छमछमि नाचि रहेको दृश्य हेर्दा सबैलाई एकछिन स्तव्ध तुल्याइ दिन्छ । नृत्य गर्ने महिलाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको अनिष्ट हुने जनविश्वासको कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाच्ने गरेको सोही विद्यापीठका मैथिली विषयका प्राध्यापक मनोज झा मुक्तिले बताउनुभयो । उहाँले कुनै सहारा बिना टाउकोमा घैंटो राखी झमझमी नाच्नु नै झिझियाको प्रमुख बिशेषताको रुपमा रहेको बताउनुहुदै बोक्सीले आफ्नो जादूको प्रयोग प्रायः मध्य रात्रि पछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातबाट प्रारम्भ हुने गरेको जानकारी दिनुभयो । मध्य रातमा नृत्य गर्नुको अर्थ सजग, सचेत र जागा रहनु पनि हुने उहाँको तर्क थियो ।
झिझियामा गाईने गीतमा भगबतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दिर्घायुको कामना गरिएको हुन्छ । अहिले यस नृत्यमा केहि बदलाव आइ हराउंदै गए पनि व्याबसायिकता र प्रतियोगिताको रुपमा लग्न सके मिथिलाञ्चलको यस अपुर्व साँस्कृतिक परम्परालाई बचाउन सकिने प्राध्यापक मनोज मुक्तिको कथन छ । उहाँले अहिलेको परिवेशमा बोक्सी छैन् भनेर सिद्ध भइसकेको अवस्थामा यसमा समायानुकल परिवर्तन गरेर जानु जरुरी रहेको उहाँको वुझाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?