logo
२०८१ जेष्ठ १ मंगलवार



भावनाको ‘बोल्दैन फोटो’ सार्वजनिक

मनोरञ्जन |


भावनाको ‘बोल्दैन फोटो’ सार्वजनिक


काठमाडौं, असोज ११ गते । गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिनुभएको छ ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।

शिव बिकले निर्देशन गर्नुभएको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर गर्नुभएको छ ।

नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?