logo
२०८१ जेष्ठ १ मंगलवार



दशैँको पोसाक ‘अङ्ग प्रदर्शन मात्र फेसन होइन’

मनोरञ्जन |


दशैँको पोसाक ‘अङ्ग प्रदर्शन मात्र फेसन होइन’


यलु जोशी

काठमाडौँ, असोज १९ गते । दशैँको माहोलले सर्वसाधारण मात्र नभएर चलचित्र क्षेत्रका कलाकार, अभिनेता, अभिनेत्रीलाई पनि छोइसकेको छ । कुन लुगा लगाउने, कसरी दशैँ मनाउने भन्ने योजनामा व्यस्त छन् । उहाँहरू बुटिकमा लुगा बनाउनदेखि विभिन्न सपिङ मलतिर किनमेलमा व्यस्त हुनुहुन्छ ।
‘लुगा त जहिल्यै किनिन्छ तर दशैँ भन्नेबित्तिकै नयाँ लुगा सम्झिन्छ’ नायिका अस्मिना नकर्मी भन्नुहुन्छ, ‘यस पर्वका लागि विशेष लुगा लगाउने विचारमा छु । बुटिकमा लुगा बनाउन दिएको लिन जानु छ । ’ उहाँले हाँस्दै भन्नुभयो, ‘दशैँमा राम्री देखिनुप¥यो नि । ’
दशैँमा नयाँ लुगा लगाउने मीठो खाने सबैको चाहना हुन्छ । कलाकारको पनि यस्तै चाहना हुन्छ । हास्य कलाकार
बुद्धि तामाङ (हैट) भन्नुहुन्छ, “दशैँ मनपर्नुको कारण टीका हो, रातो टीका–जमारा लगायो मामाघर, आफन्तकोमा गयो रमाइलो हुन्थ्यो, हामी सेतो टीका लगाउने गथ्र्यौं । ” उहाँले थप्नुभयो, “सानोमा नयाँ लुगा लगाउनलाई दशैँ नै कुर्नुपथ्र्यो । दशैँ आएपछि नयाँ लुगा आउँछ, कुन रङको आउँछ भनेर निकै उत्सुकता हुन्थ्यो, एक्लो छोरो भएकोले दशैँमा दौरासुरुवाल धेरै पाउथँे, सानोको सम्झनाले नै होला यस पटक ढाकाको कोट र दौरासुरुवाल लगाउने
सोचाइमा छु । ”
यस्तै, पछिल्लो समय गहनाको क्षेत्रमा ‘क्लासिक कलेक्सन’को माग बढ्दो छ । पहिरन र आभूषणको उपयुक्त संयोजन भएको खण्डमा नारीलाई थप सुन्दर हुन सहयोग मिल्छ, नायिका नकर्मीले जानकारी दिनुभयो । यसैगरी चोकर पनि निकै चल्न थालेको बताउँदै उहाँले भन्नुभयो, “चोकरलाई एक किसिमको हारकै रूपमा लिने गरिन्छ तर यसको बनावटमा भने केही फरक हुने गर्दछ । घाँटीमा टप्पक हुने गरी चोकर लगाउँदा यसले थप आकर्षण प्रदान गर्ने हुन्छ ।
वरिष्ठ अभिनेत्री वसुन्धरा भुुसालले भने दशैँका लागि साडी र गहना खरिद गरेको जानकारी दिनुभयो । उहाँले साडीको रङसँग पनि गहनाले सम्बन्ध राख्ने भएकाले गोल्डेन सारीमा सुनका गहना लगाउनु ठीक भएकाले खरिद गरेको बताउनुभयो ।
यसैगरी नायिका प्रियङ्का कार्की भने दशैँका लागि रातो वान पिस डे«स लगाउने सोचाइमा हुनुहुन्छ र गोल्डेन–बटनजस्ता बालीले दशैँमा अझ राम्री बनाउँछ भन्नुहुन्छ । फेसन डिजाइनर उमा नेम्कुलले दशैँमा तथा विभिन्न चाडपर्वमा सबैको राम्री देख्ने इच्छा हुन्छ, त्यसैले केही कुरामा ध्यान दिन सके अरूभन्दा फरक र राम्री पनि देखिने सुझाव दिनुहुन्छ ।
उहाँले सिल्भर वर्क छ भने सिल्भर ज्वेलरी नै लगाउँदा राम्रो देखिने जानकारी दिँदै सेतो वा कालो पहिरनका लागि मोतीको ज्वेलरी उपयुक्त हुने बताउनुभयो ।
‘राउन्ड सेप’ अनुहारमा गालाको सौन्दर्य बढाउन चोकर लगाउन सकिन्छ । खुल्ने रङको साडीमा गहनाले बढी शोभा दिने गर्छ । मोडलिङ र अभिनयमा व्यस्त सुनिता श्रेष्ठलाई जाडो महिना नै मन पर्छ । दशैँको मौकामा नै जाडो महिनाको लुगा खरिद गरिसकेको छु, उहाँले भन्नुभयो, “अङ्ग प्रदर्शन मात्र फेसन होइन, म पनि फेसनमा त्यत्तिकै अपडेट राख्छु तर छोटाछोटा पहिरनले मात्र आफू फेसनेबल हुन्छु भन्ने म मान्दिनँ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?