अमर नहर्की
तनहुँ, असोज २६ गते । सन्दिपा रानाले पहिलो मिस भिमादको उपाधि हात पार्न सफल हुनुभएको छ । अन्तिम चरणमा आठजना प्रतिष्पर्धीलाई पछि पार्दै भिमाद बजारकी रानाले उपाधि जित्नुभयो ।
सन्दीपाले उपाधिसहित नगद ३० हजार रुपियाँ र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नुभयो । प्रतियोगितामा देव्यानी थापा फस्र्ट रनर–अप बन्दा भिमादकै पुनम श्रेष्ठले सेकेन्ड रनर–अप बन्नुभयो ।
यस्तै, भ्यूअर च्वाइसमा मेनुका राना छनौट हुनुभयो । उनीहरुले क्रमशः १५ हजार, १० हजार रुपियाँ र आकर्षक पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा उपाधि विजेताहरुसहित मेनुका राना, शुशिला नेपाली, अस्मिता गुरुङ्ग, प्रतिञा श्रेष्ठ, सन्जु थकालीले अन्तिम चरणमा प्रतिष्पर्धा गर्नुभएको थियो ।
भिमाद नगरपालिकाकी उपमेयर शारदा खनालले प्रतियोगिताले महिलामा रहेको प्रतिभा उजागर गर्ने मद्दत पुग्ने बताउनुभयो ।
साथै, उपप्रमुख खनालले भिमादमा यस्ता प्रतियोगिता भित्राउनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा चलचित्र कलाकारहरु जय किसन बस्नेत, जिके श्रेष्ठ, एनवि महर्जन लगायतको उपस्थिति रहेको थियो ।