logo
२०८१ मंसिर ६ बिहीवार



अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)आयोजना हुने

मनोरञ्जन |


अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)आयोजना हुने


गोरखापत्र समाचारदाता 

काठमाडौं, असोज २७ गते । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को आयोजना हुने भएको छ । १७ औं संस्करणमा २९ देशका ४८ वटा चलचित्र सो महोत्सवमा प्रदर्शन गरिने भएको छ ।

यही मङ्सिर २५ देखि आयोजना हुने सो महोत्सवका लागि सबै चलचित्रहरु छनौट भइसकेको आयोजकले जनाएको छ ।

यो पटकको किम्फमा डकुमेन्ट्री, कथानक, छोटा, प्रयोगात्मक र एनिमेसन विधाका फिल्महरु प्रदर्शनी गर्ने भएको छ ।

प्रतियोगितात्मक सो महोत्सवमा प्रतिस्पर्धात्मक विधातर्फ १७ र गैर प्रतिस्पर्धात्मकतर्फ ३१ फिल्म प्रदर्शन हुने आयोजकले जनाइएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुने फिल्महरुले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख प्राप्त गर्न सकिन्छ । प्रतिस्पर्धाका लागि पोल्याण्ड, कोरिया र नेपालका गरी तीनजना

निर्णायक रहेका छन् ।

यसैगरी, नेपाली चलचित्र निर्माता, निर्देशकलाई प्रोत्साहित गर्नका लागि ५ सेप्टेम्बरमा आयोजित ‘परिवर्तित नेपाल’ नामक छोटा चलचित्र प्रतियोगिता आयोजना हुने किम्फले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेका लागि क्रमशः ४०, ३० र २० हजार पुरस्कार राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?