तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ?
के छ भन्नु त्यस्तो बहुमूल्य । कुकुर छ भनेर लेखिदिनुस् ।
यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
मोबाइल फोन ।
तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?
परिवारलाई खुसी राख्न सकेकी छु । आफैँले गरेको कामप्रति गर्व लाग्छ ।
घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने वस्तुहरू छन् ?
मेरो आफ्नै कोठामा ।
कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?
पफर््युम र लुगा किन्दा सबैभन्दा धेरै सन्तुष्टि मिल्छ । एउटा दराज पफर््युमले भरिएको छ । अर्कोमा लुगा ।
कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?
खानाबिना एकछिन पनि बाँच्न सकिँदैन ।
तपाईंले कहिल्यै आपूmले महत्त्वपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ?
चोरेको त छैन । चोर्ने काम मैले कहिल्यै गरिनँ ।
आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ?
आपूmसँग भएका सबै सामान आत्मीय लाग्छ । यही नै भन्ने छैन ।
तपार्इंले बाल्यकालमा कुन कुरालाई महìवपूर्ण ठान्नु भयो ?
मेरो साथीहरू बनाउने बानी थिएन । बाहिर खेल्न पनि जान्नथेँ । घरमै केही न केही गरेर बसिरहन्थेँ ।
तपाईं कस्तो स्वभावको महिला हो ?
म अलि इन्ट्रोभर्ट (अन्तर्मुखी) मान्छे हुँ । छुच्ची पनि छु ।
जीवनमा कहिल्यै कोही मन परेको छ ?
छ कोही ।
राति घरबाट बाहिर जानु प¥यो भने कहाँ जानुहुन्छ ?
राति कहिल्यै पनि निस्कन्न । कि घरमा हुन्छु कि काममा हुन्छु ।
तपाईंले कसैलाई नभनेका आफ्ना तीन बानी के के हुन् ?
मलाई गीतहरू कण्ठै हुन्छ । कुनै पनि गीत दुईपटक सुनेपछि कण्ठ हुन्छ । फुर्सद भएपछि किताब पढेर बस्छु ।
तपाईंको मन पर्ने फेशनशैली कुन हो ?
हाइस्ट्यान्डर्ड फेसन मन पर्छ ।
मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ?
खै के गर्छु । याद गरेको छैन ।
तपाईंलाई कस्तो खालको केटा मन पर्छ ?
पहिला त आत्मनिर्भर हुनुप¥यो । व्यावहारिक, अनि मलाई माया गर्ने खालको मान्छे मन पर्छ ।
युवामञ्च कात्तिक २०७६