गोरखापत्र समाचारदाता
काठमाडौं, मंसिर २२ गते । रसु पन्तले १७ औ संस्करणको ‘किड क्विन नेपाल–२०१९’ को उपाधि आफ्नो नाममा पार्न सफल हुनुभएको छ । नेप्लिज फेशन होमको आयोजनामा शनिबार बेलुका जमल स्थित राष्ट्रिर्य नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा २१ जना प्रतियोगीलाई पछि पार्दै पन्तले ताज चुम्नुभएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको आतिथ्यमा सम्पन्न प्रतियोगितामा फस्ट रनरअपको उपाधि रोशिका लामाले र सेकेन्ड रनरअपको उपाधि कृष्मा ढुँगानाले प्राप्त गर्नुभयो । प्रमुख शाक्यले प्रतियोगितामा सबैजसो नानीहरु प्रतिभावान रहेका र यस्ता प्रतियोगिताले उनीहरुलाई धेरै कुरा सिकाएको बताउनुभयो ।
अहिलेको बालबालिकालाई प्रतिभा प्रस्तुतिसम्बन्धि यस्ता कार्यक्रमले समाजमा अघि बढ्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्याउने गरेको धारणाा ब्यक्त गर्नुभयो । नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफुहरुले हरेक वर्ष काठमाडौं उपत्याका विभिन्न विधालयका बालिका तथा किशोरीहरुबीच यो प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयो ।