logo
२०८१ मंसिर १० सोमवार



मिस नेवाःमा यःमरी बनाउने प्रतिस्पर्धा

मनोरञ्जन |


मिस नेवाःमा यःमरी बनाउने प्रतिस्पर्धा



गोरखापत्र समाचारदाता
काठमाडौं, मङ्सिर २८ गते । युवापुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गने उद्देश्यले मिस नेवाः, किड क्विन तथा मिस लिटिल नेवाःका विजेताहरुले यःमरी बनाउनुभएको छ ।
सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक अर्कालाई यःमरी बनाउन सिकाएर यःमरी पूर्णिमा मनाउनुभयो ।

आफूहरुले सिकेको यःमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा यःमरी बनाएर यो चाड मनाउने मिस नेवाः विजेताहरुले बताउनुभयो ।
नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धरले आफ्नो कला संस्कृतिलाई युवावर्गमा हस्तान्तरण गर्न यस प्रकारको कार्यक्रम गरेको जानकारी दिनुभयो ।

आफ्नो संस्कृतिलाई नेवाः तथा गैरनेवाःहरुमा माझ पनि सिकाउनुपर्ने मानन्धरको धारणा छ । नेवाः चाड पर्वमध्यको महत्वपूर्ण पर्व यःमरी पुन्ही भएकाले यो दिवस मनाइएको बताउँदै यःमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफूहरुले मिस नेवाःहरुलाई यःमरी बनाउन सिकाएको जानकारी दिनुभयो ।

यस्तै, पूर्व मिस नेवाः सुनिता डंगोलले यःमरी बनाउन सिकाउन पाएकोमा खुसी ब्यक्त गर्दे भन्नुभयो, ‘मैले जानेको कुरा नेवाः तथा गैरनेवाः बहिनीहरुलाई सिकाउन पाएकोमा धेरै गर्व लागेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?