तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ?
मलाई आफूसँग भएका हरेक सामग्री बहुमूल्य लाग्छन् । म कुनै पनि सामग्रीलाई आवश्यकताको आधारमा बुझ्छु ।
यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
त्यस्तो केही सोचेकै छैन । यदि त्यस्तै आपत् प¥यो भने जे भेट्छु त्यही लान्छु । मोबाइल फोन छुटाउँदिन ।
तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?
मलाई आफ्नै कामप्रति गर्व लाग्छ । केही अवार्ड छन् । जो मलाई गर्व गर्न लायक छन् जस्तो लाग्छ ।
घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने वस्तुहरू छन् ?
मेरो आफ्नै कोठामा भएका वस्तु होलान् ?
कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?
कुनै पनि वस्तु आवश्यकता परेरै किन्ने हो । त्यसकारण यही नै भन्ने छैन । भन्नैपर्ने हो भने जुत्ता लेखिदिनुस् ।
कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?
अहिले त मोबाइल फोन भन्नुपर्छ होला । तर हावा, पानी र खानाबिना को बाँच्ला र । मलाई पनि त्यही लाग्छ ।
तपाईंले कहिल्यै आपूmले महìवपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ?
अहँ मैले चोर्ने काम कहिल्यै गरिनँ ।
आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ?
आफूसँग भएका सबै सामान आत्मीय लाग्छन् ।
तपार्इंले बाल्यकालमा कुन कुरालाई महìवपूर्ण ठान्नु भयो ?
साथीहरू धेरै बनाउथेँ । तिनै साथीसँग खेल्थेँ । त्यो समय मलाई अहिले पनि निकै महìवपूर्ण लाग्छ ।
तपाईं कस्तो स्वभावको महिला हो ?
म कसैलाई पनि झुक्याउन जान्दिनँ । जे हो कुरा प्रस्ट भनिदिन्छु । मलाई मनमा लागेको कुरा भन्न डर लाग्दैन ।
जीवनमा कहिल्यै कोही मन परेको छ ?
छ कोही । तर को हो नसोध्नु होला ।
राति घरबाट बाहिर जानु प¥यो भने कहाँ जानुहुन्छ ?
बिनाकाम निस्कने कुरा भएन । यदि निस्कनै पर्ने भयो भने जुन कामका लागि जहाँ जानुपर्ने हो त्यहीँ जान्छु ।
तपाईंले कसैलाई नभनेका आफ्ना तीन बानी के के हुन् ?
त्यस्तो गोप्य त केही छैन । म प्रस्ट छु, कमाएको पैसा खर्च गर्दा रमाइलो लाग्छ । सहयोगी पनि छु ।
तपाईंको मन पर्ने फेसनशैली कुन हो ?
आधुनिक र समय अनुसारको फेसन मनपर्छ । धेरै उत्ताउली बन्न मन पर्दैन ।
मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ?
खै के गर्छु । याद गरेको छैन ।
तपाईंलाई कस्तो खालको केटा मन पर्छ ?
हरेक महिलालाई उत्तिकै सम्मान गर्ने खालको । त्यस्तो पुरुष मलाई सभ्य लाग्छ जसले आमा, दिदीबहिनी र श्रीमती सबैलाई उत्तिकै माया गरोस् ।
प्रस्तुति : ध्रुव लम्साल
युवामञ्च पुस २०७६