गोरखापत्र समाचारदाता
काठमाडौं, पुस १३ गते । आइसी डिजाइनर रनवे फेसन शोका लागि २० मोडल छानिएका छन् । चैत ८ गते होटल हायात रिजेन्सीमा ‘आइसी डिजाइनर रनवे’ र्याम्प शो हुँदैछ । आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाइ सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री श्रृजना रेग्मीको निर्णायक समुहले ११२ मोडलबाट २० जनाको छनोट गरेको हो ।
भारतीय कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षणपछि र्याम्पमा उतार्ने छन् । फेसन शोको व्यवस्थापकीय जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । ३४ डिजाइनरले तयार पारेका पहिरनलाई मोडलले प्रस्तुत गर्नेछन् ।