logo
२०८१ मंसिर ७ शुक्रवार



लजालु ‘किड क्विन’

मनोरञ्जन |


लजालु ‘किड क्विन’



गोरखापत्र समाचारदाता

काठमाडौँ माघ ५ गते ।  । लजालु स्वभावको रशु पन्त आफ्नो प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ । पियानो बजाएर विभिन्न धुनबाट सबैलाई मन्त्रमुग्ध गर्न सक्ने पन्त ‘मिस किड क्विन २०१९’ को शीर्ष उपाधि
विजेता हुनुहुन्छ ।
मिस फोटोजेनिक उपाधिसमेत आफ्नो नाममा पार्न सफल पन्तले भरत नाट्यमबाट पनि विभिन्न पुरस्कार जित्नु भइसकेको छ । नेपाली, नेपाल भाषा, अङ्ग्रेजी गीतको धुन पियानोमा उतार्न सिपालु उहाँ नृत्यमा पनि उत्तिकै
पोख्त हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘‘मलाई सानैदेखि गीत गाउन र नृत्यमा रुचि छ । यस्तो सौन्दर्य प्रतियोगितामा पनि मन भएको यस प्रकारको कार्यक्रम धेरै आवश्यक रहेको छ ।’’
यस प्रकारको प्रतियोगिताले मानिसमा आत्मविश्वास बढाउनुको साथै समाजमा कसरी बोल्ने भन्ने कुरा सिकाउँछ । भविष्यमा एक सफल चिकित्सक बन्ने सपना बोक्नुभएका उहाँको सामाजिक अभियन्ता बन्ने योजना पनि छ । रशु थप्नुहुन्छ, ‘‘मेरी आमाले गर्नुभएको सामाजिक कार्यबाट निकै प्रभावित भएका कारण यसमै मेरो जीवन बिताउन चाहन्छु ।’’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?