गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ४ गते । हुम्ला जिल्लामा ५० वर्षअघिको अन्तरजातीय प्रेमकथामा आधारित रातो टालो नामक गीति कथाको काठमाडौंमा हालै प्रिमियर सो गरियो ।
रातो टालो प्रोडक्सनले निर्माण गरेको गीति कथामा जातीय विभेद, रहनसहन, भेषभुषा, चाडवाड, रीतिरिवाज लगायतलाई देखाइएको छ ।
हुम्लाको छिप्रा, कारङ्ग, रानीवन र दोजामखोलामा छायाङकन गरिएको गीति कथा खस भाषामा तयार पारिएको छ। हुम्लाको सदरमुकाम सिमीकोटदेखि तीन दिन पैदल हिडेपछि दोजाम खोला पुग्न सकिन्छ ।
डाइमण्ड उप्रेतीले निर्देशन गरेको गीति कथामा आश्मा पोखरेलले सहनिर्देशन गरेको छ । शब्द, संगीत, कथा र गायन जगदिश हमालको रहेको छ ।
सूर्यबहादुर शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ सोनाम लामा र सदीक्षा रोकायाको अभियन रहेको गीति कथाको छायाङ्कन इतिशा पोखरेल र अविनाश लामाले गर्नु भएको हो ।
छिप्रामा जन्मिएका जगदिश हमालले हुम्लाको वास्तविक तस्वीरलाई धेरैका माझ लैजानका लागि गीति कथा तयार पारेको र प्रिमियर सोबाट धेरै राम्रो रेस्पोन्स पाएको बताउनुभयाे ।