logo
२०८१ असोज ५ शनिवार



मृत्युदण्ड सम्बन्धी फिल्म बनाएका इरानी निर्देशकलाई ‘बर्लिन फेस्टिभल’को प्रमुख पुरस्कार

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


मृत्युदण्ड सम्बन्धी फिल्म बनाएका इरानी निर्देशकलाई ‘बर्लिन फेस्टिभल’को प्रमुख पुरस्कार


एजेन्सी
काठमाडौं, फागुन १८ गते । मृत्युदण्ड सम्बन्धी चलचित्र बनाएका इरानका एकजना निर्देशनलाई बर्लिन फिल्म फेस्टिभलमा शिर्ष पुरस्कारबाट पुरस्कृत गरिएको छ । उहाँमाथि सन् २०१७ मा इरान सरकारले चलचित्र बनाउन प्रतिबन्ध लगाएको थियो । उहाँले सरकारबाट लुकाएर उक्त फिल्म निर्माण गरेका हुन्, इरानबाहिर जान प्रतिबन्ध लागेकोले उहाँको स्थानमा छोरी बरानले बर्लिन पुरस्कार ग्रहण गर्नुभयो । 
बर्लिन फिल्म फेस्टिभलमा इरानका निर्देशक मोहम्मद रसौल्फलाई ‘देयर इज नो एभिल’ फिल्मका लागि शिर्ष पुरस्कार प्रदान गरिएको छ । यो उहाँको छैठौं फिल्म हो । निर्देशक रसौल्फलाई उहाँको पुरानो फिल्मलाई लिएर सरकारले इरानबाहिर जान प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । निर्देशक रसौल्फकी छोरी बरानलाई बर्लिन फिल्म फेस्टिभलको शिर्ष पुरस्कार हस्तान्तरण गरियो । बर्लिन फिल्म फेस्टिभलमा पुरस्कार स्वरुप ‘गोल्डन बियर’ सुनको भालु प्रदान गरियो ।
निर्णायक समितिका अध्यक्ष जिरेमी आयरन्सले भन्नुभयो, “फिल्ममा मृत्युदण्ड सम्बन्धी चारवटा कथा देखाइएको छ, अधिनायकवादी शासनले सर्वसाधारणलाई कसरी जालको रुपमा बुन्दै, अमानवीयतातर्फ धकेलेको देखाइएको हो ।” बरानले पुरस्कार ग्रहण गरेपछि बुवा रसौल्फसँग भिडियो कलमा फेस्टिभलकै क्रममा कुराकानी गर्नुभयो ।
त्यसैगरी, बर्लिन फिस्ट फेस्टिभलको अर्को पुरस्कार अमेरिकामा गर्भपतनमा आधारित रहेर एलिजा हैटमनले तयार गर्नुभएको ‘नेभर रेयरली समटाइम्स’लाई प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?