logo
२०८२ जेष्ठ २६ आईतवार



बार टेन्डर्स कलाको आकर्षण

मनोरञ्जन |


बार टेन्डर्स कलाको आकर्षण



गोरखापत्र अनलाइन
धनगढी, फागुन २१ गते । होटल व्यवसायी संघ कैलालीको आयोजनामा धनगढीमा भएको सुदुरपश्चिम खाना महोत्सवमा बार टेन्डर्स कला मुख्य आकर्षणको केन्द्रविन्दुमा रहेको आयोजकले जनाएको छ ।

फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा भएको खाना महोत्सवमा बार टेन्डर्स कलालाई सबैभन्दा बढी रुचाईएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजित खाना महोत्सवमा पोखराको चर्चित बार टेन्डर्सले आफ्नो कला देखाएको थियो ।

बार टेन्डर्स कला देखाउन अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक धनगढी आएको होटल व्यवसायी संघका सचिव आभेष चन्दले जानकारी दिनुभयो ।

बार टेन्डर्स कला देखाउन धनगढी आएका प्रशिक्षक गोविन्द थापा एसियास्तरको बार टेन्डर्स कार्यक्रममा रनर–अप हुनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?