logo
२०८१ मंसिर ८ शनिवार



बिश्व सुन्दरी हेर्न चेपाङ बस्तिमा भीड

मनोरञ्जन |


बिश्व सुन्दरी हेर्न चेपाङ बस्तिमा भीड


शिवकुमार काशी
हेटौँडा, फागुन २३ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङस्थित ङिको स्वास्थ्य चौकीमा मिस वल्र्ड २०१९ की बिजेता टोनी एन सिंहसहितको टोलीले अवलोकन गरेको छ ।
शुक्रबार बिहान दुईवटा हेलिकोप्टरबाट मकवानपुरको विकट गाउँमा ओर्लेको टोलीलाई कैलाश गाउँपालिका र स्थानीयबासिन्दाले स्वागत गरेका थिए । टोलीमा मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ शृङखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, मिस नेपालका आयोजकहरु सहभागी हुनुहुन्थ्यो । उनीहरुले मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु भएकी श्रृंखला खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएपछि निर्माण स्वास्थ्यचौकी र तामलाङको बस्तुस्थिति अबलोकन गर्नु भएको थियो ।
अहिलेसम्म सो स्वास्थ्य बर्थिङ सेन्टर चलाउन नसकिएको समस्याबारे मिस वल्र्ड र मिस वल्र्डकी अध्यक्षलाई खतिवडाले त्यसबारे जानकारी गराउनु भएको थियो । स्वास्थ्यचौकीको अबलोकनपछि बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता मिस वल्र्डकी अध्यक्ष मोर्लेले गर्नु भएको बागमती प्रदेश सांसद एबम् खतिवडाकी आमा मुनु सिग्देलले जानकारी दिनुभयो ।
मिस वल्र्ड, मिस नेपालसहित विदेशीहरु पाहूनाहरु हेर्नका लागि चेपाङ बस्तीबाट सयौँ स्थानीयबासिन्दा जम्मा भएका थिए । जब हेलिकोप्टर स्वास्थ्यचौकी नजिकै स्थानीय चेपाङको बारीमा अबतरण भयो, त्यसपछि बारीको पाटा हुँदै पैदल हिँडेर मिस वल्र्ड सिंह, मिस वल्र्डकी अध्यक्ष मोर्ले, मिस नेपाल २०१९ अनुष्का तथा मिस नेपाल २०१८ खतिवडासहितको टोली स्वास्थ्यचौकी पुग्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?