logo
२०८२ जेष्ठ २६ आईतवार



सात सुरमा बोलको गीतको भिडियो सार्वजनिक

मनोरञ्जन |


सात सुरमा बोलको गीतको भिडियो सार्वजनिक


काठमाडौं । गायक सन्जिब पराजुली र कमल खत्रीको स्वरमा रहेको ‘सात सुरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमलकै शब्द र संगीत छ । दी भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियो निकै आकर्षक देखिन्छ ।

सेमी क्लासिकल फ्लेभरको गीतको भिडियोमा गायकद्वय कमल र सन्जिब फिचर्ड छन् । भिडियोमा वाद्यवादनका सदस्यहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर, विक्रम थापा, रिकेश गुरुङ र कृष्ण सापकोटा पनि देख्न सकिन्छ ।

गीतमा गुरु चन्दन श्रेष्ठको तरना रहेको गीतमा रिकेश गुरुङको एरेन्ज छ । लक्ष्मण पौडेलको निर्देशन रहेको भिaडियोमा अर्जुन तिवारी र उनको समूहको छायांकन छ । भिडियोमा सोहन मानन्धरको कलर करेक्सन र सम्पादन छ । भिडियोलाई गायक सन्जिब पराजुलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

 

https://www.youtube.com/watch?v=c18g2WTALIM&feature=youtu.be&fbclid=IwAR0HW5goMeRKj-k2p0rx-PrlaSAMwTf5QOpgBRryGSAhIqJJ91em7lxp0D0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?