logo
२०८१ असोज ९ बुधवार



बलिउड अभिनेता ३४ वर्षीय सुशान्त सिंहद्वारा आत्महत्या

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


बलिउड अभिनेता ३४ वर्षीय सुशान्त सिंहद्वारा आत्महत्या


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३२ गते । बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नै निवासमा मृत फेला परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले सुशान्तले आत्महत्या गरेको जनाएको छ ।
भारतको बलिउड नगरीको रुपमा परिचित मुम्बईको कार्टर रोडस्थित आफ्नै आवासमा सुशान्तको शरीर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । सन् २०१४ मा कै पो चे चलचित्रबाट अभिनय सुरु गर्नुभएका सुशान्तले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महिन्दर सिंह धोनीको जिवनगाथा समेटिएको ‘अनटोल्ड स्टोरी अफ महिन्दरसिंह धोनी’ चलचित्रमा अभिनय गर्नुभएको थियो । सन् २०१६ मा आएको उक्त चलचित्रमा सुशान्तको अभिनयको चौतर्फी प्रशंसा गरियो । र उक्त फिल्म सन् २०१६ को सबैभन्दा उत्कृष्ट मध्येको एक पर्छ ।
उहाँले चर्चित फिल्म पीके, केदारनाथ र शुद्ध देसी रोमान्स जस्ता फिल्ममा अभिनय गर्नुभएको छ ।
उहाँको मृत्युप्रति स्तब्ध भएको जनाउँदै अनुराग कश्यपले लेख्नुभएको छ, “के भनिएको हो.....यो सत्य हैन ।” अर्का अभिनेता अक्षय कुमारले पनि उहाँको मृत्युको खबर सुने लगत्तै सामाजिक सञ्जालमा शोक व्यक्त गर्नुभएको छ । “साँच्चिकै मलाई स्तब्ध र निशब्द बनाएको छ, मैले निशान्तको ‘छिचोरे’ चलचित्र हेरेर निकै आनन्दित महसुस गरेको थिएँ र आफूलाई उक्त फिल्ममा अभिनय गर्ने अवसरबारे सोचेको थिएँ ।”– अक्षयले लेख्नुभएको छ ।
गत् सातामात्रै सुशान्तसिंह राजपूतका व्यवस्थापक दिशा सलिनले आत्महत्या गरेको थियो । उक्त खबर आए लगत्तै सुशान्तले ट्वीटरमा दुखी र स्तब्ध भएको उल्लेख गर्नुभएको थियो ।
आत्महत्याको कारणबारे खुलिसकेको छैन । यद्दपी उहाँ पछिल्लो छ महिना यता ‘डिप्रेशन’मा रहेको भारतीय अखबार द् हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?