गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १९ गते । नारायण गोपाल स्मृति दिवसको अवसरमा नेपाल भाषाको गुलि न्हयपुइसे च्वं बोल लगायतका गीतहरू समेटिएको म्यूजिक भिडियो सार्वजनिक गरियो ।
मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा विशाल बजारको बेन्टो लाउन्जमा गुलि न्हयपुइसे च्वं गीत को म्यूजिक भिडीयो सार्वजनिक गरिएको हो । सरिता शाहीको स्वरमा रहेको उक्त गीतका रचनाकार आनन्द बज्राचार्य हुनुहुन्छ भने संगीत राजु सिहं र संगीत संयोजन जुगल डंगोले गर्नुभएको थियो । फर्पिगंको नेपालको पहिलो विद्युत गृहको वरपर रमणीय स्थलमा छायाकंन गरिएको उक्त म्यूजिक भिडियो एउटा सरलत तर उत्कृष्ट म्यूजिक भिडियो बनेको कुरा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले बताउनु भयो । राजन शाहीको निर्देशन तथा दर्शन वीर शाक्य को परिकल्पना तथा मनोजरत्न शाहीको छायाङ्कन तथा सम्पादनमा तयार भएको उक्त भिडियो मा किशोर चिपालु तथा आराध्य लक्ष्मी खड्गी ले अभिनय गर्नुभएको छ ।