गोरखापत्र समाचारदाता
काठमाडौं, मङ्सिर २० गते । ’हरितारा चलचित्र पुरस्कार’२०७५ बाट चलचित्रकर्मीं कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठ सम्मानित हुनुहुने भएको छ ।
२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।
परिवर्तन नेपालले विज्ञप्ति जारी गरि २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने पनि जनाइएको छ ।
वर्ष २०७५ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत उल्लेख गरिएको छ । पुरस्कार रकम जनही २५ हजार रहेको पनि जनाइएको छ ।
२०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई दिने निर्णय गरेको छ । पुरस्कार रकम दश हजार छ ।
त्यस्तै परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई गर्ने निर्णय गरेको छ ।
विज्ञप्तिमा डब्लुएचओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुसको दोस्रो साता दुवै पुरस्कार तथा सम्मान वितरण गरिने उल्लेख गरिएको छ ।