logo
२०८१ मंसिर ९ आईतवार



‘तमू ल्होसार’ शुभकामना गीत ‘यान खो ङोल्स्यो’ सार्वजनिक

मनोरञ्जन |


‘तमू ल्होसार’ शुभकामना गीत ‘यान खो ङोल्स्यो’ सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । गुरुङ समुदायको नयाँ वर्ष ‘तमू ल्होसार’ शुभकामना गीत ‘यान खो ङोल्स्यो’ सार्वजनिक भएको छ ।
हरेक वर्षको पुस १५ गते गुरुङ समुदायले धुमधामका साथ तमू ल्होसार मनाउँदै आएका छन् ।
गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।
गुरुङ चलचित्रका नायक आनन्द गुरुङ र मोडल कुसुम गुरुङले अभिनय गर्नुभएको म्युजिक भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?