गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । बलिउड नायक सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि मनाइएको छ । नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले सो जन्मोत्सव मनाएको हो ।
विइङ ह्यूमन क्लोथिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स् लाउञ्जमा केक काटेर खानको जन्मदिन मनाएको हो । उक्त अवसरमा नायक भुवन केसी, नायिका सुष्मा कार्की, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकारलगायत कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो । नायक भुवन केसीले कलाक्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताउनुभएको थियो ।