गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । नेपालभाषाको म्यूजिक भिडियो ‘छंगु लँ स्वैच्वंगु मिखा’ लोकापर्ण भएको छ ।
भक्तपुरको मध्यपुर थिमिमा बुधबार एक कार्यक्रमबीच मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त म्यूजिक भिडियो लोकापर्ण भएको हो ।
आर.बि इन्टरटेण्मेन्टको ब्यानरमा तयार भएको उक्त गीत गायिका कल्पना श्रेष्ठले स्वर दिनुभएको छ ।
विजय कायस्थको संगीत र जुगल डंगोलको रहनुभएको छ भने गीतको रचना दर्शनवीर शाक्यले गर्नुभएको छ ।
तिब्बतको ल्हासा विगतमा व्यापारको सिलसिलामा एक युगल जोडीको प्रेमकथालाई म्यूजिक भिडियोमा देखाइएको छ ।
साथै, राजन शाहीको निर्देशनमा छायाँकन तथा सम्पादन मनोज रत्न शाहीले गर्नुभएको छ ।
भिडियोमा रेश्मी महर्जन र गायिका कल्पना श्रेष्ठको अभिनय हेर्न सकिनेछ ।
कार्यक्रममा मध्यपुर थिमि महानगरपालिकाका प्रमुख श्रेष्ठले उदयमान कलाकार तथा श्रष्टाहरुको प्रतिभालाई समय सापेक्षित कदर गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।