logo
२०८१ मंसिर ९ आईतवार



मुलुकलाई समृद्ध बनाउन ताजा जनादेश आवश्यकः मन्त्री गुरुङ

मनोरञ्जन |
राष्ट्रिय |


मुलुकलाई समृद्ध बनाउन ताजा जनादेश आवश्यकः मन्त्री गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानलाई गति दिन ताजा जनादेशमा जाने निर्णय गर्नुपरेको बताउनुभएको छ ।
शुभकामना मिडिया प्रालिले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले त्यस्तो बताउनुभयो । “निर्वाचनपछि मुलुुकले गति लिनेछ, ताजा जनादेश पछि समृद्ध राष्ट्र निर्माण गर्ने अभियानले तीव्रता पाउनेछ” उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले मुलुकलाई सही बाटोबाट अघि बढाउन पनि प्रतिनिधि सभा विघटन गरी अघि बढनुपर्ने अवस्था आएको चर्चा गर्नुहुँदै निराश नहुन कलाकार, पत्रकार, साहित्यकार सबैलाई आह्वान गर्नुभयो । “राष्ट्रिय राजनीतिको वर्तमान अवस्थाबाट निराश नहुन म कलाकार, साहित्यकार सबैलाई आग्रह गर्दछुु,” उहाँले नेपाललाई विश्व समूदायमाझ चिनाउने प्रयासमा कमी आउन नदिन कलाकार, साहित्यकारहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्र, राष्ट्रियता र मुलुकको समृद्धिका लागि कलाकार, पत्रकार, साहित्यकारहरुले महत्वपूूर्ण योगदान पु-याएको उल्लेख गर्दै मन्त्री गुरुङले उहाँहरुलाई राज्यले गर्ने सम्मानमा कमी आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । देश र जनताप्रति योगदान गर्नेहरुलाई जोकोहीले पनि सम्मान गर्ने स्मरण गराउनुभयो । कार्यक्रममा गीतकार उन्नति बोहरा शीलालाई ‘लाईफटाईम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?