logo
२०८१ बैशाख १२ बुधवार



चलचित्र 'ओभर डोज' रिलिज हुने तयारीमा

मनोरञ्जन |


चलचित्र 'ओभर डोज' रिलिज हुने तयारीमा


काठमाडौं, मङ्सिर १४ गते । चलत्रिचत्र 'ओभर डोज' रिलिज हुने तयारीमा छ । तिहारको छेकोमा निर्माण युनिटले चलत्रिचत्रको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्नुभएकाे थियो ।

चलत्रिचत्र १७ मंसिर गते रिलिज हुने बताइएको छ । अमेरिकामै सम्पूर्ण छायांकन भएको यो चलचित्र दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको चलचित्र सुमन पौडेलले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने जीवन कुमार केसीले निर्माण गर्नुभएको हो ।

विशेषगरी चलचित्र युवापुस्ताको रुचिलाई समेट्ने गरी निर्माण भएको निर्माता जीवन कुमार केसीले बताउनुभयो । ‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरुको रुचि चलचित्र निर्माणको क्रममा ध्यान दिइएको छ’ निर्माता केसीले भन्नुभयो, ‘फिल्म सबैले रुचाउने छन् ।’ ‘ओभर डोज’ रिलिजको अर्को उद्येश्य चलचित्र क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीले बताउनुभयो ।

चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुनुहुन्छ । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

अब चलचित्र क्षेत्रलाई चलायमान गराउने उद्येश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठले बताउनुभयो । ‘ओभर डोज’ मात्र होइन । त्यसपछि पनि म लगातार फिल्म रिलिज गर्छु’ उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?