काठमाडौं, पुष ४ गते । हलिउड फिल्म 'स्पाइडर म्यानःनो वे होम' डिसेम्बर १६ मा रिलिज भएको थियो । अहिले फिल्मले भारतीय बक्स अफिसमा ठूलो कमाइ गरिरहेको छ।
फिल्मले रिलिजको तेस्रो दिन अर्थात् शनिबार बक्स अफिसमा २६ करोडको कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन ३२.६७ करोड र दोस्रो दिन २०.३७ करोड कमाएको छ । फिल्मले भारतमा तीन दिनमा अहिलेसम्म करिब ७९ करोडको बक्स अफिस कलेक्सन गरेको छ ।
आइतबार फिल्मको कमाइमा ठूलो वृद्धि हुने अनुमान गरिएको छ । फिल्मले छिट्टै एक सय करोडको आँकडा पार गर्ने विश्वास गरिएको छ । स्पाइडर-म्यानःनो वे होम, टम हल्याण्ड र जेन्डाया अभिनीत, जोन वाट्सद्वारा निर्देशित फिल्म हो ।