काठमाडौं, पुस ७ गते । साउथ फिल्मकी चर्चित अभिनेत्री हम्सा नन्दिनीलाई स्तन क्यान्सर भएको छ । हालै उहाँले सामाजिक सञ्जालमा यसबारे पोस्ट सेयर गर्नुभएको छ ।
हम्सा नन्दिनीले आफ्नो केही ब्ल्याक एन्ड ह्वाइट तस्विरहरु सेयर गर्नुभएको छ । योसँगै हम्साले तस्बिरसँग लामो क्याप्सन पनि लेख्नुभएको छ । उहाँले क्याप्सनमार्फत आफूलाई स्तन क्यान्सर भएको बारे बताउनुभएको छ ।
यस्तै, उहाँले फ्यानहरुलाई चाँडै नै बलियो कमब्याक गर्ने वाचासमेत गर्नुभएको छ ।