काठमाडौं, पुष ७ गते । अभिनेता रणवीर सिंहको आगामी फिल्म '८३' लाई दिल्ली सरकारले राज्यमा करमुक्त घोषणा गरेको छ । हालै फिल्म निर्माता कबीर खानले सामाजिक सञ्जालमा यो पोस्ट सेयर गर्नुभएको हो ।
पोस्टमा, उहाँले दिल्लीमा '८३' लाई करमुक्त बनाउनुभएकाेमा सीएम अरविन्द केजरीवाल र मनीष सिसोदियालाई धन्यवाद पनि दिनुभएको छ । फिल्म २४ डिसेम्बरमा हलमा रिलिज हुँदैछ ।
कबीर खानले निर्देशन गर्नुभएको यस फिल्ममा रणवीरका अलावा दीपिका पादुकोण, पंकज त्रिपाठीलगायत अन्य कलाकार मुख्य भूमिकामा देखिनुहुनेछन् ।
यो फिल्म १९८३ मा भारतीय क्रिकेट टोलीको विश्वकप जितमा आधारित छ । सन् १९८३ मा कपिल देवले पहिलो पटक विश्वकप जित्नुभएको थियो । फिल्ममा रणवीर सिंह कपिलको भूमिकामा देखिनेछन् ।