काठमाडौं, पुष ८ गते । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको 'परदेश' बोलको गीत सार्वजनिक भएको छ । गीतकार योन्जनले 'आमालाई चाहियो रे' बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
'परदेश' गीतलाई गीतकार प्रकाश योन्जनले लेख्नुभएको हो भने टिका बम्जनको संगीत रहेको छ । पवन लामाले संगीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाउनुभएको हो ।
उमेश गुरुङ्को निर्देशन, कमला अमगाइको निर्माण र शम्भु चालिसेले भिडियोलाई छायांकन गर्नुभएको हो । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय रहेको छ ।