काठमाडौं, पुष १८ गते । यो वर्षको सुरुवात बलिउडका लागि खराब सावित भएको छ । आगामी शुक्रबार अर्थात् जनवरी ७ मा एसएस राजामौलीको रिलिज हुन लागेको चलचित्र 'आरआरआर' पोस्टपोन्ड भएको छ ।
आरआरआरका निर्माताहरूले छिट्टै नयाँ रिलिज मितिको आधिकारिक घोषणा गर्ने बताइएको छ । कोरोनाका कारण दिल्लीमा थिएटरहरू पूर्ण रूपमा बन्द छन्।
योसँगै प्रभास अभिनित फिल्म राधे श्याम १४ जनवरीमा मात्र रिलिज हुने भएको छ । आज दुवै फिल्मको रिलिज मिति सारिएको बताइएको छ ।