काठमाडौं, पुस २१ ग्ते । ओमिक्रोन भेरियन्टको खतरा बढेपछि भारतमा भारतमा धमाधम फिल्महरुको प्रर्दशन मिति सार्न थालिएको छ। साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको फिल्म ‘राधे श्याम’को प्रदर्शन मिति जनवरी १४ बाट पोष्टपोन्ड गरिएको छ ।
यो फिल्मलाई जनवरी १४ मै ल्याउने तयारी यसको निर्माणपक्षले गरेको थियो । राधाकृष्ण कुमार निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा प्रभास र पूजा हेगडेको प्रेम सम्बन्धमा आएको उतारचढाव देखाइएको छ ।
यो फिल्म प्रेम कथामा आधारित छ । यस फिल्मको सुटिङ सेटका लागि एक करोड भन्दा बढी खर्च गरिएको थियो । फिल्ममा प्रभास, पुजा हेगडेका साथै सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।
यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गरेको यस फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा प्रर्दशन हुने जनाइएको छ ।