काठमाडौं, पुस २२ गते । अमेरिकामा जनवरीमा हुने भनिएको ६४औं संस्करणको 'ग्रामी अवार्ड शो' सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ ।
संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुने तयारीमा थियो । आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएको छ ।
यस वर्षको अवार्डको मनोनयनमा जाज किबोर्डिष्ट जोन बटिस्टे सर्वाधिक ११ विधाको मनोनयनमा परेका छन् । केही समय अघि ‘सनडान्स फिल्म फेस्टिभल’ पनि ओमिक्रोन भाइरसको बढ्दो संक्रमणका कारण रद्ध गरिएको थियो ।
आयोजकले अब फेस्टिभलका लागि अनलाइनबाट नै फिल्मको प्रिमियर तथा कार्यक्रम गर्ने जनाएको छ ।