काठमाडौं, पुस २९ गते । काइली जेनर इन्स्टाग्राममा ३० करोड फलोअरको सङ्ख्या हुने पहिलो महिला बन्नुभएको छ । उहाँले फलोअरको सङ्ख्यामा पप स्टार एरियाना ग्रान्डेलाई पछाडि पार्नुभएको छ ।
काइली एक रियालिटी टिभि स्टार र पेशाले व्यवसायी र एक कस्मेटिक कम्पनीकी संस्थापक पनि हुनुहुन्छ ।
इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा आधिकारिक इन्स्टाग्रामको खाता रहेको छ । यसको फलोअर्स चार सय ६० मिलियन छन् ।
योसँगै पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा हुनुहुन्छ, जसलाई तीन सय ८९ मिलियन प्रयोगकर्ताले फलो गर्नुभएको छ । काइली जेनर तेस्रो नम्बरमा हुनुहुन्छ ।