काठमाडौं, माघ ७ गते । गायिका आनीछोइङ डोल्मा कोरोना संकमित हुनुभएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो । उहाँ अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'कृपया सावधानी अपनाउनुहोस्, मास्क लगाउनुहोस्, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् र आवश्यक नभए बाहिर ननिस्कनुहोस्। सबैको ख्याल राख्नु होला। धेरै-धेरै माया ।'