logo
२०७९ असार २० सोमवार



पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै


इस्लामाबाद, माघ ७ गते । पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाकै कारणले २३ जनाको मृत्यु भएको पनि पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म कुल २९ हजार ६५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?