काठमाडौं, माघ १८ गते । नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी छन् । मिलन चाम्सको निर्देशनमा फिल्म ‘बर एन्ड बधु’ मा आँचल शर्मा वधुका रुपमा देखिनुहुनेछन् ।
कमेडी र लभ स्टोरी कथामा बन्ने वर एन्ड वधुको छायांकन फागुनको तेश्रो साताबाट सुरु हुने बताइएको छ । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।