logo
२०८१ मंसिर ७ शुक्रवार



करिश्मा मानन्धरको गोल्डेन वर्ष

मनोरञ्जन |


करिश्मा मानन्धरको गोल्डेन वर्ष


काठमाडौं, माघ २२ गते । नायिका करिश्मा मानन्धरले आफ्नो ५० औं जन्मदिन मनाउनुभएको छ । १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिनुभएकी उहाँले गोल्डेन वर्ष मनाउनु भएको हो ।

सदाबहार नायिकाको रूपमा दर्शकको मनमा बस्न सफल करिश्माले २०४२ फिल्म 'सन्तान'बाट अभिनय यात्रा सुरु गर्नुभएको हो । त्यसबेला उहाँ १६ वर्षकी मात्र हुनुहुन्थ्यो ।

करिश्मालाई नेपाली फिल्म क्षेत्रमा सदाबहार नायिकाको रूपमा चिन्ने गरिन्छ । फिल्म क्षेत्रमा साढे तीन दशक बिताउँदा पनि करिश्माको लोकप्रियतामा कुनै कमी आएको छैन । उहाँले अभिनय गर्नुका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।

यस्तै, पछिल्लो समय व्यवसायमा समेत आवद्ध उहाँले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लाग्नुभएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?