काठमाडौं, माघ २२ गते । बलिउड अभिनेता रितेश देशमुख र उहाँकी पत्नी जेनेलिया डिसुजा फिल्म 'मिस्टर मम्मी' मा सँगै देखिने भएका छन् । जेनेलियाले आफ्नो सामाजिक सञ्जालमार्फत यस विषयमा जानकारी दिनुभएको हो ।
फिल्मलाई शाद अलीले निर्देशन गर्नुभएको हो । मिस्टर मम्मी टी-सिरीजको ब्यानरमा प्रस्तुत गरिएको हो र भूषण कुमार, शाद अली र कृष्ण कुमारले निर्माण गर्नुभएको छ ।