काठमाडौं, माघ २३ गते । गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत 'मिठो बोली' सार्वजनिक गरिएको छ । भिडियो हाई वेभ इटरटेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
आइतवार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज रहेको छ ।
गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोमा रमेश थापाको सम्पादन, प्रविण मानन्धरको कलर, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र सारा श्रेष्ठकै निर्देशन छ ।