logo
२०८१ मंसिर ६ बिहीवार



'भलिमाई'ले एकैदिन एक अर्ब कमायो

मनोरञ्जन |


'भलिमाई'ले एकैदिन एक अर्ब कमायो


काठमाडौं, फागुन १३ गते । तामिल सुपरस्टार अजित कुमार अभिनित तामिल भाषाको फिल्म 'भलिमाई' ले रिलिज भएकै दिन एक अर्बको व्यापार गरेको छ । मिडिया रिपोर्ट अनुसार फिल्मले भारतमा ७६ करोड र भारत बाहिर २० करोडको व्यापार गरेको हो।

भारतमा गंगुबाई पनि रिलिज भएको छ तर भलिमाई अगाडि देखिएको छ । भलिमाई तामिलनाडुको ६५० थिएटरमा लागेको छ । क्राइम सस्पेन्स कथामा बनेको फिल्ममा हुमा कुरैसीको समेत अभिनय रहेको छ ।

शुक्रवार नेपालमा 'म यस्तो गीत गाउँछु-२', भलिमाई र गंगुबाई रिलिज भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?